

शुभ कामना 
हजारौं शहीद ,सचेत नागरिक र आम नेपाली को रगत संघर्ष र बलिदानबाट नेपालले युगांतकारी र ऐतिहसिक कोल्टे फेरेको छ। सम्बिधान सभाको पहिलो बैठकबाट अब नेपाल संघीय गणतंत्र घोषित भएको छ। २४० बर्षीय अन्ध्यारो सामंती युगको अन्त्य भएको यो सुनौलो बिहानीलाई प्रतिभा समूह लगायत इजरायलबासी नेपालीहरु हार्दिक स्वागत गर्दछौं।.
उत्सवको यो खुसियाली संगै नया नेपाल शाही निरंकुशताबाट पंछिएपनि पुनः अर्को तानाशाहलाई पछ्याउने वा सिक्किमिकरण तर्फ तीव्र गतिमा उन्मुख हुने खतरा प्रति सारा नेपाली सचेत हुनै पर्छ।
समस्या अन्योलता वा अप्ठ्यारालाई झेल्दै देश प्रगतिपथमा लम्किरहोस
अनि हाम्रा कलमहरुले स्वन्तंत्रताका शब्दहरु पोखिरहन पाउन।
हाम्रो शुभ कामना ।
प्रतिभा परिवार
समाचार संकलन

इजरायल गतिबिधि
पारसका चालक माओवादी संगठनमा
ईराकमा नेपाली कामदारको अबस्था:-
बल्ल प्रधानमन्त्रिमा चेत खुले जस्तो छ
माओबादी आक्रमण को निंदा
फिलिपिनो परिवार ले “ब्लड मनी” स्वीकारे
राजालाई नागार्जुन
सामन्ति युग अस्त
नेपाल संघीय लेाकत्रान्त्रिक गणतन्त्र
नया युग शुरू
डेाल्मालाइ मृत्यु दंड
कमरेड श्री प्रचण्ड ज्यूलाइ ….
 |
 |
|
 |
 |
|
| |
|
|
कोइरालाद्वारा राजीनामाको घोषणा संविधान सभाको बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामाको घोषणा गरेका छन्। आजको बैठकमा सरकारले संविधान संशोधनको प्रस्ताव राखेको छ। बैठक अहिले मधेसका दलहरुले अवरुद्ध गरेका कारण ४५ मिनेटका लागि स्थगित भएको छ। उनीहरुले सरकारले राखेको संविधान प्रस्ताव मधेसका दलहरुलाई अमान्य भएको बताएका रहेछन्। सरकारले हिजो सात दलबीच भएको सहमति अनुसार संविधान संशोधनको प्रस्ताव राखेको हो। प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा भए पनि पहिले संविधान सभाबाट संविधान संशोधन प्रस्ताव पास हुनुपर्यो र संविधान सभाबाट सामान्य बहुमतले राष्ट्रपति निर्वाचित भएपछि बल्ल कोइरालाको राजीनामा राष्ट्रपतिबाट स्वीकृत हुने संवैधानिक प्रावधान छ।
अपडेटः अवरोधका कारण बैठक असार १४ गते शनिबारसम्मका लागि स्थगित गरिएको छ।
आफूलाई माइनस गरी अघि बढे पनि सहमति र सहकार्यलाई नभुल्न आग्रह गर्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको लिखित वक्तव्य सकिएपछि मधेसी सभासद्हरूका तर्फबाट बोल्दै मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छेदारले सरकार र संयुक्त मधेसीमोर्चाबीच भएको संयुक्त स्वायत्त प्रदेश लगायतका आठ बुँदे सहमतिका विषय अन्तरिम संविधानको पाँचौं संशोधनमा पनि समावेश नगरिएको आरोप लगाए।
उनले सम्झौताबमोजिम सरकारले गर्नुपर्ने काममा ध्यान नदिएको र मधेसी समुदायलाई विश्वासमा नलिएकाले प्रस्तुत हुन लागेको संविधान संशोधन प्रस्तावलाई अस्वीकार गर्दै पुनः संशोधन प्रस्ताव ल्याउन माग गरे।
त्यसपछि मधेसी सभासद्हरूले रोस्टम अघि गई अन्तरिम संविधान संशोधन प्रस्ताव फिर्ता गर र मधेसविरोधी गठबन्धन मुर्दावाद भन्दै चर्को नाराबाजी गरे।
बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले बस्न पटक पटक आग्रह गर्दा पनि अवरोध नरोकिएपछि सुरुमा ४५ मिनेटसम्मका लागि र त्यसपछि शनिबारसम्मका लागि बैठक स्थगित गरिएको हो। |
वक्तव्यको पूर्ण विवरण माननीय सभामुख महोदय,
छ दशक लामो सङ्र्घष्ा, अनेकौं सपुतहरूको बलिदान तथा सम्पर्ूण्ा नेपाली जनताको देशभक्तिको भावना एवम् उहाँहरूको ठूलो त्याग र तपस्याले आज हाम्रो देशमा सङ्घीय गणतन्त्रात्मक राज्य व्यवस्था र बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको दरिलो जग खडा भएको छ । यही ऐतिहासिक उपलब्धिहरूलाई संस्थागतरूपले अघि बढाएर, त्यसैको मूल आधारमा नयाँ संविधान निर्माण गरी नेपाललाई नयाँ, शान्ति, समुन्नत र समावेशी नेपालमा रूपान्तरण गर्न इतिहासले हामी प्रत्येक नेपालीलाई थप जिम्मेवारी सुम्पेको छ । हाम्रो एकता, पारस्परिक सहयोग, सहमति र सद्भाव तथा आपसी विश्वासबाट नै हामीले यो जिम्मेवारीलाई पूरा गर्न सक्नेछौं । हाम्रो बलिदानपर्ूण्ा जनआन्दोलनले देशमा लोकतन्त्रको बहाली गर्यो र सबै राजनीतिक पार्टर्ीीे सहमति र सहकार्यमा अन्तरिम संविधानको तर्जुमा गरेर अघि जाने मार्गप्रशस्त गर्यो । त्यसैका आधारमा संविधानसभाको निर्वाचन सुसम्पन्न भएर आज हामी सबैलाई यो गरिमामय सभामा सहभागी हुने अवसर प्राप्त भएको छ । अब सवै क्षेत्र, सवै जाति, सवै वर्ग र समुदायले हातेमालो गरेर आफ्नो देशको संविधान आफैले लेखी देशलाई नयाँ, गतिशील र लोकतान्त्रिक युुगमा प्रवेश गराउनुछ ।सभामुख महोदय,
नेपालको अन्तरिम संविधानको चौथौ संशोधनले राष्ट्रपति र उपराष्ट्रपति रहने व्यवस्था गरिसकेको छ । त्यसैमा राष्ट्रपति र उपराष्ट्रपतिको कर्तव्य र अधिकारको व्यवस्था भइसकेको छ । आजै यो सभासमक्ष सरकारले अन्तरिम संविधानको पाँचौं संशोधन विधेयक पेस गरेको छ । यसले राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी निर्वाचनको व्यवस्था गर्ने छ र शीघ्र नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।
गत जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकमा नेपालको अन्तरिम संविधानबमोजिम गणतन्त्रको कार्यान्वयनसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा मैले संविधानसभाको निर्वाचनमा सबभन्दा ठूलो राजनीतिक दलका रूपमा देखिएको नेपाल कम्युनिस्ट पार्टर्ीीमाओवादी)लाई संवैधानिक प्रावधानअनुरूप सहमति कायम गरी नयाँ सरकार गठन गर्न आहृवान गरेको थिएँ । यो गरिमामय सभामा पुनः आफ्नो आहृवानलाई दोहोर्याउँदै संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री पदबाट म राजीनामा दिने घोषणा गर्दछु ।
विगतका अनेक सङ्कट, द्वन्द्व र अशान्तिलाई समाप्त पारेर हामी एउटा महत्वपर्ूण्ा मोडमा आइपुुगेका छौं । यद्यपि कतिपय विषय र समस्याहरूको अझै पनि उचित तवरले सम्बोधन हुन सकिरहेको छैन । आपसी एकता र पारस्परिक विश्वासलाई अझ दरिलो पार्दै हामीले सहकार्यको नवीन संस्कृतिको विकास गरी यी सबै समस्याको समाधान गरेर नेपाललाई नयाँ उचाइमा पुुर्याउन सक्नेछौं । यी सबै कार्यमा मेरो सदैव सहयोग रहिरहनेछ ।
आज अवसर र चुनौती दुवै एकसाथ हाम्रो अगाडि आएका छन् । चुनौतीलाई उचित तवरले केलाएर अवसरलाई देश र जनताका हितमा उपयोग गर्नसक्नर्ुपर्छ । सिन्दुर पुछिएका असङ्ख्य महिला दिदीबहिनीहरू, आफ्ना आमा-बाबु गुमाएका बालबालिकाहरू र घरसम्पत्ति गुमाएका विस्थापित परिवारहरू तथा अपाङ्ग जीवन धानिरहेका घाइतेहरूसमेतको मलीन र टीठलाग्दो अनुहारले देशबाट रोग, भोक, गरिबी र अशिक्षाको निराकरण गर्ने दिशामा दत्तचित्त भएर लाग्न हामीलाई अभ्रि्रेरित गरिरहेका छन् । आफ्नो देशमा काम नपाएर, विदेशी भूमिमा पुुगेर आफ्नो सिर्जनशीलतालाई समर्पित गरिरहेका लाखौं युवाको श्रम, सीप र जाँगरलाई हामीले देशको विकास र निर्माणको शक्तिस्रोतमा परिणत गराउन सक्यौं भने देशको राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाभिमान र र्सार्वभौमसत्ताको सुदृढीकरणमा सबभन्दा ठूलो योगदान हुनेछ ।
हिंसा र द्वन्द्वका घाउहरूलाई मेर्टाई, शान्तिपर्ूण्ा वातावरण, उदार राजनीतिक मूल्य र मान्यता, विधिको शासन, मानवअधिकारको रक्षा, प्रेस स्वतन्त्रता तथा बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धालाई आत्मसात् गरेर नै लोकतान्त्रिक पद्दतिलाई र्सवग्राहृयरूपमा अघि बढाउन सकिनेछ ।
सभामुख महोदय,
अब निर्माण हुने हाम्रो देशको संविधान हाम्रा अमर सहिदहरूको सपना र चाहना एवम् सम्पर्ूण्ा नेपाली जनताको भावना र आकांक्षाको धरोहरका रूपमा स्थापित हुनेछ । हामीले हाम्रा सबै क्षमता र योग्यतालाई अब नयाँ संविधानको निर्माणमा लगाउनर्ुपर्छ । छिटै नयाँ संविधानको निर्माण गरेर अन्योल र अनिश्चयको अन्त्य गरी मुलुकलाई नयाँ र अग्रगामी गति प्रदान गर्न म सबैसँग अपिल गर्दछु । |
|
 |
 |
 |
|
संप्रेषककको कलमबाट
खबरदार !!!
सुनको गद्दी जल्नसक्छ प्रतिगमन जलेपछि
जनताको छातिभित्र आन्दोलन जलेपछि ।
भत्कनेछ खंडहर झै सामंती संरचना
दरबरिया नीरंकुशे बंधन जलेपछि ।
फ़र्किनेछन आगोका लपकाहरु आफैतिर
सचेत नागरिकमाथीको दमन जलेपछि।
बिर्सियौ की इतिहास कोरिन सक्छ भन्ने
क्रांतिमा जनताको जिउधन जलेपछि ।
मजदूरी गर्न छाडी कैयौ ‘सेतु’हरु आउछन
शासकले आगो बाल्दा मन जलेपछि ।
र यसबेला म यो ग़ज़ल लेखि रहेको छैन , म ती लोकतान्त्रिक, आन्दोलन का दिन हरु सम्झी रहेको छु जतिखेर म नेपालमै थिए र यी शब्दहरु त्यो सांझ कोरिएको थियो,जतिखेर आन्दोलनमा सहभागी “सेतु बिस्वकर्मा” को राज्य द्वारा हत्या गरिएको थियो
र आज नेपाल संघीय लोकतान्त्रिक गणतंत्र घोषित भैसकेको छ,ती ज्ञात अज्ञात शहीद हरुलाई यो भन्दा सुंदर श्रद्दा सुमन के हुन सक्छ?
नया नेपालले गणतांत्रिक अभ्यासको क्रममा प्रारम्भमा केही अप्ठ्याराहरु झेल्नु पर्ने त स्वभाबिक छ तर हाम्रो राजनीति फेरी संघार मै अल्झिएको छ परिवर्तन को नाउमा शुरूमै पदका लागि देखिएको यो खिचातानी र बिषमताले नेपाली जनता मा के संदेश दिईरहेको छ त ?
राजसंस्था ढालेर गणतंत्र को घोषणा गर्नुलाई नै अन्तिम लक्ष्य ठानेर आफु आफैमा बझियौ भने,
राजनीतिकर्मिहरू ! तिमिहरू फेरी चुक्न सक्छौ,
खबरदार !!!
|

|
|
| |
|
इजरायलको यो बसाईमा नेपाली भाषा, कला, साहित्य र संस्कृतिको उत्थानका निमित्त सिर्जित प्रतिभा समूहको वेब जर्नलले विश्वस्तरमा इजरायली प्रवासका गतिबिधि, समाचार, सुख, दुःख भावना र आवाज़हरु अनि कुनैपनी इभेंटहरु संप्रेषण गर्ने जमर्को गर्दैछ।
हामीसंग बैदेशिक रोजगारमा धकेलिनुको पीडा एकतिर छ भने, नया काम र परिस्थितिसंगको संघर्षपूर्ण अवस्था अर्कोतिर छ आधुनिक बिश्व बिज्ञान,प्रबिधि र सभ्यता को उचाईमा निरंतर लम्किरहेको यो चुनौती पूर्ण घडिमा हाम्रो यो सानो कोशिस तपाईको माया साथ र सदभावले मूर्त रूप लिनेछ, यो प्रतिभा को मात्र होइन सबै प्रवासिहरूको बिश्वास हो साथ सहयोग र एकता को अपरिहार्य ता प्रवासले बुझ्नैपर्छ र एकदिन जरूर बुझ्नेछ ।
साहित्य कला र संस्कृति
राष्ट्रीय एकता र उन्नति ।